नियम ११
वस्तु वा सम्पत्ति जफत गर्न सकिने
(१) अन्तशुल्क लाग्ने वस्तु अन्तशुल्क नबुझाइ प्रतिष्ठानको उत्पादन स्थलबाट निष्काशन गरी लगेको वा विदेशबाट पैठारी गरी ल्याएको प्रमाणित भएमा त्यस्तो वस्तु अन्तशुल्क अधिकृतले आफ्नो कब्जामा लिई जफत गर्न सक्नेछ ।
(२) ……………..
(३) झुठ्ठा लेखा वा किर्ते कागज तयार गरी अन्तशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, बिक्री वा सञ्चय गरेमा वा अन्तशुल्क लाग्ने सेवा प्रदान गरेको पाइएमा अन्तशुल्क अधिकृतले सोसँग सम्बन्धित सम्पूर्ण वस्तु जफत गर्न सक्नेछ ।
(४) तिर्नु पर्ने अन्तशुल्क दवाए, छिपाए वा छलेमा अन्तशुल्क अधिकृतले सो सँग सम्बन्धित वस्तु र सो वस्तु उत्पादन गर्ने उपकरण समेत जफत गर्न सक्नेछ ।
(५) कब्जामा लिएको वस्तु अन्तशुल्क अधिकृतले जफत गर्नु अघि सम्बन्धित व्यक्तिलाई जफत गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण पेश गर्नको लागि सात दिनको सूचना दिनु पर्नेछ ।